दफा ७
नियुक्तिको प्रमाणपत्र
(१) निरीक्षक वा त्यसदेखि मुनि दर्जाका हरएक प्रहरी कर्मचारी नियुक्त हुँदा अनुसूचीमा दिए बमोजिमको प्रमाणपत्र पाउँछ । नेपाल सरकारले साधारण वा विशेष आदेशद्वारा निर्देश गरेका कर्मचारीले सो प्रमाणपत्रमा सहीछाप गरिदिनुपर्छ ।
(२) नियुक्तिको प्रमाणपत्रमा उल्लेख गरिएका व्यक्ति प्रहरी कर्मचारीको नोकरीबाट बहाल टुटे पछि सो प्रमाणपत्र बदर वातिल हुनेछ र सो प्रमाणपत्र बुझ्न अख्तियार पाएका कर्मचारीलाई बुझाउनु पर्छ ।
(३) आफ्नु पदबाट कुनै प्रहरी कर्मचारी सस्पेण्ड रहेसम्म त्यस प्रहरी कर्मचारीले गर्नुपर्ने काम र पाउने विशेष सुविधा कायम नरही उपदफा (१) बमोजिम दिएको प्रमाणपत्र सस्पेन्सनको टायमसम्म बकायमी नै रहन्छ, तर त्यसरी सस्पेण्ड भएतापनि सस्पेण्ड नभए सरह सो व्यक्ति उपर साविक अधिकारीहरूको नियन्त्रण कायम रहन्छ र निज साबिक बमोजिमको अनुशासनमा रहनुपर्छ र साविकबमोजिम सजायको भागी हुनेछ ।